बलिउड अभिनेत्री एमी ज्याक्सन अहिले फिल्म ‘२.०’को काममा व्यस्त छिन् । तर, उनको फोन कुनै ह्याकरले ह्याक गरेर उनको केहि तस्बिर इन्टरनेटमा लिक गरिदिएका छन् ।amy jackson

एमीको फोन ह्याक गरेर कसैले गोप्य तस्बिरहरु लिक गरिदिएपछि अहिले उनी तनावमा छिन् । भारतीय मिडिया मिड डेका अनुसार, उनका केहि यस्ता तस्बिर सामाजिक संजालमा लिक गरिएको छ, जसले उनलाई तनाव दिएको छ ।

लण्डनमा रहेकी एमी फिल्मको अन्तिम छायांकनका लागि मुम्बइ आएकी हुन् । उनी लण्डनमा रहँदा उनको मोबाइल केहि दिनसम्म लक गर्न मिलेको थिएन । उनी स्टोर पुगेर यस बिषयमा वुझ्न खोज्दा, उनले फोन ह्याक भएको थाहा पाएकी थिइन् ।

For More videos Log on to Mazzako TV