अभिनेता अक्षय कुमारले काम गरेको हरेक फिल्मले बक्स अफिसमा निकै राम्रो व्यापार गरिरहेको अवस्था छ । गतबर्ष उनी अभिनित ३ फिल्मले बक्स अफिसमा १ सय करोड माथिको व्यापार गरेका थिए । उनै अक्षय अभिनित फिल्म ‘जोली एलएलबी २’ले पनि बक्स अफिसमा निकै राम्रो व्यापार गरेको छ ।
jolly llb 2
फिल्मले शुक्रबार १३.२० करोडको ओपनिङ गरेको थियो । शनिबार फिल्मको व्यापार बढ्यो । फिल्मले शुक्रबार १७.३१ करोडको कमाई गर्‍यो । आइतबार बिदाको दिन फिल्मले झनै गतिलो सदुपयोग गरेको छ । आइतबार फिल्मले १९.९५ करोडको कमाई गरेको छ । बक्स अफिसमा ३ दिनमा फिल्मले ५०.४६ करोडको कमाई गरेको छ ।

सोमबारदेखि फिल्मको व्यापार कुन आँकडामा पुग्छ, त्यो अनुसार यसको लाइफ टाइम कलेक्शन आाकलन गर्न सकिनेछ । तर, फिल्मले सय करोडको क्लब सजिलै छुने अनुमान गरिएको छ ।

For More videos Log on to Mazzako TV