यो बर्ष बलिउडमा केहि ठूला भिडन्त हुने देखिएका छन् । जनवरी महिनाको सुरुवातमै बलिउडका २ सुपरस्टार अभिनेता साहरुख खान र ऋतिक रोशनविच भिडन्त भयो । यो भिडन्तमा ऋतिक धेरै नै पछि परे । तर, पनि बलिउडलाई यसले घाटा भने लाग्यो । amitabh and ranbir

अब, फेरि अर्का दुई चर्चित अभिनेता बक्स अफिसमा जुध्न तयार भएका छन् । अप्रिल १७ मा अभिनेता रणवीर कपुर अभिनित फिल्म ‘जग्गा जासुस’ रिलिज हुँदैछ । बारम्बार प्रदर्शन मिति सार्दा सार्दै रणवीर यो महिनामा आइपुगेका हुन् । अब, उनीसँग भिडन्त गर्न निर्देशक रामगोपाल बर्माको फिल्म ‘सरकार ३’ आइपुगेको छ ।

यो फिल्मको प्रदर्शन तय भएसँगै अब रणवीर कपुर र बलिउडका महाअभिनेता अमिताभ बच्चनविच भिडन्त हुने भएको छ । ‘सरकार ३’का मुख्य कलाकार अमिताभ बच्चन हुन् । बलिउडका सुपरस्टार अमिताभ र जुनियर सुपरस्टार रणवीर कपुरविचको भिडन्त रोचक हुने देखिएको छ ।

For More videos Log on to Mazzako TV