अभिनेता अक्षय कुमार अभिनित फिल्म ‘जोली एलएलबी २’ शुक्रबारदेखि रिलिज भएको छ । अभिनेता अक्षय कुमार अभिनित यो फिल्मको बक्स अफिसमा सबैको नजर छ । साच्चै, यो फिल्मले कति कमाउला भन्ने अड्कलवाजी सबैमा छ ।jolly llb 2

बलिउडका लागि यो बर्षको सुरुवात सुखद छ । किनकी, जनवरी २५ मा रिलिज भएको अभिनेता साहरुख खान अभिनित फिल्म ‘रइस’ हिट भयो । फिल्मले बक्स अफिसमा डेढ सय करोड माथिको कलेक्शन गरिसकेको छ । यसैले, पनि ‘जोली एलएलबी २’को व्यापार कस्तो होला भन्ने चाँसो सबैमा देखिएको हो ।

फिल्मले पहिलो दिनमा १३.२० करोडको कमाई गरेको छ । शुक्रबार सोलो रिलिज भएको यो फिल्मको ओपनिङ औषत हो ।

जनवरी २५ मा रिलिज भएको साहरुख खान अभिनित ‘रइस’ले अर्को फिल्म ‘काबिल’साग जुध्दा पनि २०.४२ करोडको कमाई गरेको थियो । तर, अक्षयले ऋतिक रोशन अभिनित फिल्म ‘काबिल’को ओपनिङ रेकर्ड भने तोडेका छन् ।

For More videos Log on to Mazzako TV