२५ बर्षमा साहरुख र आमिरको पहिलो सेल्फी
बलिउड अभिनेता साहरुख खान र आमिर खानको सम्बन्ध कस्तो होला ? भारतीय मिडियाले त साहरुख र आमिरलाई सधै नै दुश्मनको रुपमा हेरेका छन् । तर, हालैमात्र सार्वजनिक भएको साहरुख र आमिरको एक तस्बिरले भने सबै अड्कलवाजीलाई समाप्त गरिदिएको छ ।
दुबइमा आयोजित एक बर्थ डे पार्टीमा साहरुख र आमिर पुगे । साहरुख र आमिरले एकसाथ सेल्फी खिचे । यो सेल्फीले यसकारण पनि यति धेरै चर्चा पायो कि, साहरुख र आमिरले पहिलो पटक सेल्फी खिचेका थिए ।
साहरुखले ट्विटरमा फोटो राख्दै लेखेका छन्-‘हामी एक अर्कालाई २५ बर्षदेखि चिन्छौ । तर, पहिलो पटक हामीले सेल्फी खिच्यौ । रमाइलो रात ।’
बलिउडमा एकसाथ काम गरेको २५ बर्ष भएपनि साहरुख र आमिरको तस्बिर निकै कम कैद भएका छन् ।
For More videos Log on to Mazzako TV