राखीको पहिरनमा फ्यानको चर्को आलोचना
बलिउडमा अभिनय भन्दा पनि आफ्नो हट स्वभावका कारण चर्चामा छिन् राखी सावन्त । आइटम गर्ल राखीकै कारण बलिउडमा सन्नी लियोनी चर्चित भएको पनि भनिन्छ । तर, जे भएपनि राखीको चर्चा बलिउडमा गसिपका कारण बढी भएको पाइन्छ ।
उनै, राखीले इन्स्ट्राग्राममा एक भिडियो पोष्ट गरेपछि अहिले उनको चर्को आलोचना भएको छ । एक आइटम गीतको भिडियो राखीले पोष्ट गरिन् । यसपछि, उनलाई फ्यानले गाली दिन सुरु गरेका छन् ।
२ मिनेट लामो भिडियोमा राखीले निकै पारदर्शी पहिरन लगाएकी छिन् । फ्यानले उनलाई यो पहिरन पनि किन चाहियो भन्दै आलोचना गरेका छन् ।
For More videos Log on to Mazzako TV