बलिउड अभिनेता अक्षय कुमारका कारण निर्माता तथा निर्देशक करण जोहर र अभिनेत्री आलिया भट्टविच झन्डै लडाई परेन । akshya and karan

आलियाका सबैभन्दा नजिकका साथी मानिने करणको मोबाइल प्रयोग गर्दै अक्षयले एउटा गेम खेले । आफ्नो फिल्मको प्रमोशनका लागि करण जोहर जर्ज भएको एक रियालिटी शोमा पुगेका अक्षयले करणको मोबाइलबाट म्यासेस गरिदिए ।

करणको डायल सूचीमा रहेका धेरै मानिसहरुलाई एउटै म्यासेस गयो । म्यासेसमा लेखिएको थियो-‘अबदेखि तिम्रो अनुहार पनि हेर्न चाहन्न ।’ करणको लिस्टको सबैभन्दा माथि आलिया भट्ट र वरुण धवनको नम्बर थियो ।

अक्षयले यस्तो मजाक यस अगाडि पनि गरेका थिए । अक्षय कुमार अभिनित फिल्म ‘जोली एलएलबी २’ आजबाट रिलिज भएको छ ।

For More videos Log on to Mazzako TV