बलिउडका चकलेटी अभिनेता साहिद कपुर बाबु बनेपछि निकै खुशी छिन् । मिरा राजपुतसँग बिहे गरेपछि निकै खुशी देखिएका साहिद, छोरीको आमगन भएपछि झनै खुशी देखिएका छन् । sahid daughter

उनै, साहिदले आफ्नी छोरीको पहिलो तस्बिर सार्वजनिक गरेका छन् । साहिदले इन्स्ट्राग्राममा पत्नी मिरा र छोरीको तस्बिर शेयर गर्दै ‘हेल्लो वल्र्ड’ लेखेका छन् ।

तस्बिरमा, मिरा छोरीलाई चुम्बन गरिरहेकी छिन् । बलिउडका केहि अभिनेत्रीसँग प्रेममा रहेपनि साहिदले फिल्म क्षेत्र भन्दा बाहिरकी मिरासँग बिहे गरेका थिए ।

बलिउडमा अहिले चर्चित अभिनेता र अभिनेत्रीका सन्तानको खुबै चर्चा भैरहेको छ । साहिदकी, छोरीको चञ्चलतालाई सबैले मुक्तकण्ठले प्रशंसा पनि गरेका छन् ।

For More videos Log on to Mazzako TV