रणवीरको ‘जग्गा जासुस’मा २९ वटा गीत
बलिउड अभिनेता रणवीर कपुर निर्माता बनेको फिल्म ‘जग्गा जासुस’ रिलिजका लागि तयार छ । फिल्म रिलिजको समय नजिक आउँदै गर्दा यसको बिषयमा एक खुलासा भएको छ ।
फिल्मका संगीतकार प्रितमका अनुसार यो फिल्ममा २९ वटा गीत समावेश गरिएको छ । उनले, यो फिल्मका लागि २९ वटा ट्रयाक बनाएको समेत खुलाएका छन् । उनले, फिल्मको गीतसंगीतबाट आफू अत्यन्त खुशी भएको समेत स्पष्ट पारेका छन् ।
रणवीर कपुर र कट्रिना कैफको मुख्य भूमिका रहेको यो फिल्मलाई अनुराग बासुले निर्देशन गरेका हुन् । निर्माण भएको लामो सयमपछि यो फिल्म रिलिजका लागि तयार भएको छ ।
For More videos Log on to Mazzako TV