मनिषा अब रणवीरकी आमा बन्ने
अभिनेत्री मनिषा कोइराला अब अभिनेता रणवीर कपुरकी आमा बन्ने भएकी छिन् । मनिषा राजकुमार हिरानीले निर्देशन गर्न लागेको नयाँ फिल्ममा अनुवन्धित भएकी हुन् । यो फिल्म अभिनेता संजय दत्तको जीवनीमा आधारित छ । जसमा, संजयको भूमिका रणवीर कपुरले निर्वाहा गर्दैछन् ।

फिल्ममा मनिषाले संजयकी आमा नरगिसको भूमिका निर्वाहा गर्ने भएकी हुन् । मनिषाका लागि यो एक ठूलो कमब्याक पनि हो ।
बलिउडमा ९० को दशकमा नरगिस र मनिषा दुबै चर्चित अभिनेत्री थिए । नरगिसको क्यान्सरका कारण निधन भएको थियो । यो फिल्मको छायांकन चाडै नै सुरु हुँदैछ । फिल्म यसै बर्षको क्रिसमसमा रिलिज हुने बताइएको छ ।
For More videos Log on to Mazzako TV







