बलिउड फिल्मले ३ अर्ब कमाएका खबर त बेला बेलामा सार्वजनिक भैरहेका हुन्छन् । हालै मात्र अभिनेता आमिर खान अभिनित फिल्म ‘दंगल’ले बलिउड बक्स अफिसमा ३ सय ८६ करोडको नेट व्यापार गर्‍यो । यस अगाडि केहि फिल्मले ३ सय करोड माथिको व्यापार गरेका छन् । kung fung yoga

तर, चीनको बक्स अफिसमा सुपरस्टार जैकी चेनको फिल्म ‘कुंग फू योगा’ले धमाले मच्चाएको छ । यो फिल्मले चाइनीज बक्स अफिसमा ९४३ करोड भारतीय रुपैयाँ कमाएको छ ।

धन्नै १० अर्ब भारतीय रुपैयाँ कमाएको यो फिल्म भारतमा भने खासै सफल हुन सकेन । जैकी चेनको साथमा बलिउडका २ कलाकार सोनु सुद र दिसा पटानी यो फिल्मको मुख्य भूमिकामा छन् ।

For More videos Log on to Mazzako TV