सलमानको ब्यानरमा अक्षयपछि सिद्धार्थ
अभिनेता सिद्धार्थ मल्होत्राको करिअर खास गतिलो चलिरहेको छैन । यसैले पनि उनलाई अब बलिउडमा टिक्न चल्तीको ब्यानरको सफल फिल्म चाहिनेछ ।

पछिल्लो बर्ष उनी अभिनित ‘फितुर र बार बार देखो’ पूर्ण रुपमा असफल भयो । अब, उनको करिअर सम्हाल्न अभिनेता सलमान खान अगाडि आएका छन् ।
अभिनेता सलमान खानको सलमान खान फिल्मस्ले नयाँ नयाँ फिल्म बनाइरहेको छ । राम्रो कलाकारलाई लिएर राम्रो कथामा फिल्म बनाउने सोच यो ब्यानरको छ ।
निर्माता करण जोहरसँग टिमअप गर्दै सलमानले नयाँ फिल्म बनाउादैछन्, जसको मुख्य भूमिकामा अक्षय कुमार रहने पक्का भैसकेको छ ।
अब, सलमान अभिनेता सिद्धार्थ मल्होत्रालाई लिएर एउटा सत्य घटनामा आधारित फिल्म बनाउने तयारीमा छन् । यो फिल्मको कथामा अहिले काम भैरहेको छ । सिद्धार्थले फिल्ममा काम गर्ने बिषयमा कुरा भएपनि अहिले नै केहि भन्न नमिल्ने प्रतिक्रिया भारतीय मिडियालाई दिएका छन् । सलमानले फिल्म ‘एक भिलेन’ हेरेपछि, सिद्धार्थलाई हिरा भनेका थिए ।
For More videos Log on to Mazzako TV







