बलिउडमा प्रवेश गरेपछि अहिलेसम्म एउटा पनि फिल्म असफल नदिने अभिनेतामा पर्छन्, बरुण धवन । लगातार हिट फिल्म दिएपछि वरुणलाई नयाँ स्टारको रुपमा बलिउडमा हेरिन थालिएको छ ।
judwa 2 first look
उनै, वरुण अभिनित नयाँ फिल्म ‘बद्रीनाथ कि दुल्हनिया’को ट्रेलर र गीतले राम्रो प्रतिक्रिया पाइरहेको छ ।

यो फिल्मको प्रचारसँगै अभिनेता धवन नयाँ फिल्म ‘जुड्वा २’को छायांकनमा व्यस्त छन् । यो फिल्मलाई अभिनेताकै पिता डेविड धवनले निर्देशन गरिरहेका छन् ।

फिल्मको छायांकन सुरु भएको एक साता नवित्दै वरुणले फिल्मको फस्टलुक रिलिज गरेका छन् । फस्टलुकमा वरुणको दोहोर गेटअप देख्न सकिन्छ । कमेडी शैलीको यो फिल्म सेप्टेम्बर २९ ताखिरमा रिलिज हुनेछ ।

For More videos Log on to Mazzako TV