बलिउडमा अभिनेता तथा अभिनेत्रीहरुको दुश्मनी खुबै हुन्छ । एक अर्काले गर्ने टिप्पणीका कारण पनि अभिनेता र अभिनेत्रीहरु झगडा गर्छन् र लामो समयसम्म बोल्दैनन् । ranbir and susant

अहिले, अभिनेता सुशान्त सिंह राजपुत र रणवीर सिंहविच पनि यस्तै सम्बन्ध देखिएको छ । सार्वजनिक कार्यक्रममा पुग्दा यी दुई एकअर्कासँग बोल्न त परेको कुरा, एक अर्कालाई हेर्दा पनि हेर्दैनन् ।

रणवीर सिंहको असफल फिल्म ‘वेफिक्रे’को बिषयमा सुशान्तले कमेन्ट गरेपछि यी दुइविच सम्बन्धमा दरार आएको हो । फिल्म ‘बाजिराओ मस्तानी’मा सुरुवातमा सुशान्तले काम गर्ने कुरा थियो ।

तर, पछि सुशान्त ‘पानी’ नामक फिल्मको वर्कशपमा व्यस्त भएपछि उनले ‘बाजिराओ मस्तानी’मा काम गर्न पाएनन् । निर्देशक संजय लिला भन्सालीको निकट मानिन्छन्, सुशान्त ।

यसैले पनि यी दुइ लामो समयदेखि एक अर्काको आाखामा समेत राम्रोसँग हेर्दैनन् ।

For More videos Log on to Mazzako TV