बलिउड अभिनेत्रीहरु गर्भवती भएको छोटो समयमा नै फिट हुन्छन् । फिल्मको पर्दा होस् या बाहिर उनीहरुलाई सधै नै फिट देखिनुपर्ने हुन्छ । kareena kapoor

अभिनेत्री करिना कपुरको फिगर देखेर पनि अहिले धेरै छक्क पर्ने अवस्था छ । कारण, करिनाले २ महिना अगाडि मात्र छोरालाई जन्म दिएकी थिइन् । उनै करिनाको रुप र फिगर अहिले पुरै बदलिएको छ ।

करिना त एक फेसन शोमा सो स्टपरको रुपमा समेत देखा परिसकेकी छिन् । उनी, आइतबार बेलुकी मुम्बइमा आयोजना भएको फेसन शोमा उनी र्‍याम्पमा उत्रिइन् । करिनाको फिगर सबैलाई छक्क पार्ने खालको नै थियो ।

हुनत, र्‍याम्पमा करिनाले पहिलो पटक यसरि फ्यान र दर्शकलाई सरप्राइज दिएकी होइनन् । तर, यसपटक भने उनको उपस्थिती विशेष थियो ।

For More videos Log on to Mazzako TV