तपसीको जोनसँग क्रस
फिल्म ‘बेबी’मार्फत बलिउडमा पाइला राखेकी थिइन्, अभिनेत्री तपसी पन्नुले । तपसी आज बलिउडमा उत्कृष्ट अभिनय गर्ने अभिनेत्रीको रुपमा चिनिन्छिन् ।

तपसीसँग अभिनेता अक्षय कुमारको जोडी खुबै सुहाएको पनि छ । तर, तपसीको क्रस भने अक्षयसँग नभएर जोनसँग भएको रहेछ ।
मिडियासँगको कुराकानीका क्रममा तपसीले आफूले फिल्म हेर्दा जोन अव्राहिमसँग क्रस भएको बताइन् । उनलाई मिडियाले कस्तो श्रीमान्को अपेक्षा गर्नुहुन्छ भन्ने प्रश्न गरेका थिए ।
जसमा तपसीले भनिन्-‘अहिलेको जमानामा इमान्दार मानिस पाउन निकै गाह्रो हुन्छ । म आफ्नै खुबीले चल्न सक्ने र इमान्दार यूवकको खोजीमा छु ।’
For More videos Log on to Mazzako TV







