अक्षयले खोसे सलमानको फिल्म
अभिनेता सलमान खान आफूले चाहेको कुरा पुरा गरेरै छाड्छन् । उनी, लामो समयदेखि एक फिल्ममा काम गर्न चाहन्थे, तर अब सो फिल्म उनको हातबाट निक्लिएको छ । 
सलमान साउथको चर्चित फिल्म ‘कत्थी’को हिन्दी रिमेकमा काम गर्न चाहन्थे । यो फिल्मलाई निर्देशक ए आर मुरुगदासले निर्देशन गर्दैछन् । यो फिल्मका लागि सलमानको नाम फाइनल गरिएको चर्चा पनि मिडियामा आइरहेको थियो ।
तर, अब कथा मोडिएको छ । भारतीय मिडियाका अनुसार यो फिल्ममा अक्षय कुमारले काम गर्ने पक्का भएको छ । मुरुगदासले यसअगाडि अक्षयको साथमा फिल्म ‘होलिडे’मा काम गरिसकेका छन् ।
साउथको चर्चित फिल्म ‘कत्थी’मा सुपरस्टार विजयले डबल रोल निर्वाहा गरेका थिए । विजयको भूमिका सलमानले भन्दा अक्षयले निर्वाहा गर्न सक्ने सोच निर्देशकको छ ।
For More videos Log on to Mazzako TV







