एयरपोर्टमा साहरुख आउँछन् भन्ने लागेको थियोः माहिरा
अभिनेता साहरुख खान र पाकिस्तानी अभिनेत्री माहिरा खान अभिनित फिल्म ‘रइस’ले बक्स अफिसमा कमालको व्यापार गरिरहेको छ । यो फिल्मले बक्स अफिसमा दोश्रो हप्ताको शनिबारसम्म आइपुग्दा करिब १ सय ३० करोडको आँकडा पार गरेको छ । दोश्रो सातामा फिल्मले डेढ सय करोड कमाउने अपेक्षा गरिएको छ ।
डेढ सय करोड कमाएको खण्डमा फिल्म सुपरहिटको सूचीमा सामेल हुनेछ । पाकिस्तान र भारतको राजनीतिक विवादले अभिनेत्री माहिरा खान फिल्मको प्रमोशनमा सहभागी हुन पाइनन् । तर, अब उनी पाकिस्तानबाटै फिल्मको सक्सेस प्रेस मिटमा सहभागी भइन् । इन्टरनेटको माध्यमबाट उनले पत्रकारको प्रश्नको जवाफ दिइन् ।
माहिराले आफूलाई साहरुख सबैभन्दा मनपर्ने बताइन् । साथै, उनले साहरुखले हात फैलाएर आफूलाई प्रेमको अंगालोमा नवाधेको भन्दै गुनासो पोखिन् । माहिराले भनिन्-‘म मात्र यस्तो अभिनेत्री हुँ, जसले साहरुखको फैलिएको हातमा रोमान्स गर्न पाइनँ ।’
उनले आफू फिल्मका काम गर्नका लागि मुम्बई एयरपोर्टमा ल्याण्ड हुँदा साहरुख रोमान्टिक मुडका आइपुग्ने कल्पना गरेको समेत सुनाइन् । माहिरा फिल्मको सफलताले अत्यन्तै खुशी छिन् ।
For More videos Log on to Mazzako TV