बलिउड गसिपको दुनियाँमा बढी रमाउँछ । कलाकारहरुले फिल्म खेल्न लागेका, छाडेका खबर धेरै सार्वजनिक हुने गरेका छन् । srk and priyanka

अभिनेत्री प्रियंका चोपडाको बिषयमा पनि यस्तै एउटा खबर सार्वजनिक भएको छ । हलिउडमा पुगेपछि बलिउड फिल्ममा ध्यान नदिएकी प्रियंकाले अब निर्देशक संजयलिला भन्सालीले निर्देशन गर्न लागेको नयाँ फिल्ममा काम गर्न लागेको खबर सार्वजनिक भएको छ ।

फिल्म ‘पद्यमावती’पछि संजय अभिनेता साहरुख खानलाई लिएर नयाँ फिल्म ‘गुस्ताखी’ निर्देशन गर्दैछन् । यो फिल्म साहिर लुदियान्भीको वायोपिकमा निर्माण हुन लागेको हो ।

यो फिल्ममा साहरुखसँगै अभिनेत्री चोपडाले काम गर्ने पक्का भएको मिडियाको दाबी छ । तर, संजय र प्रियंकाको तर्फबाट यो समाचारमा कुनै पुष्टी गरिएको छैन ।

चोपडाको टिमले संजयसँग उनको फिल्मको बिषयमा कुनै सल्लाहा नभएको तर दुबै जना सम्पर्कमा रहेको उल्लेख गरेको छ । समाचारका अनुसार त यो फिल्ममा चोपडाले कल गर्लको भूमिका निर्वाह गर्न लागेको उल्लेख छ ।

For More videos Log on to Mazzako TV