पर्दा बाहिर अभिनेत्री आलिया भट्ट र अभिनेता सिद्धार्थ मल्होत्राको प्रेम चर्चा छ । तर, पर्दामा भने आलिया र अभिनेता वरुण धवनको जोडीलाई बढी रुचाइन्छ ।
barun and aliya
आलिया र वरुण अभिनित नयाँ फिल्म ‘बद्रीनाथकी दुल्हनियां’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलर सार्वजनिक कार्यक्रममा बरुण र आलियाको साथमा यसका निर्माता करण जोहर पनि उपस्थित थिए । उनले, आफू बरुण र आलियाको स्वयम्भर गर्न आएको बताएका थिए ।

सोहि समयमा, मिडियाको प्रश्नको जवाफ दिदै वरुणले भने-‘आलिया एक राम्री श्रीमति बन्न सक्छिन् या सक्दिनन्, त्याे त थाहा छैन । तर, एक राम्री बुहारी भने बन्न सक्छिन् ।’ वरुणले यसो भन्दा आलियाले ‘किन श्रीमति बन्न सक्दिनँ ?’ भन्दै प्रश्न गरेकी थिइन् । यो फिल्मको ट्रेलर सार्वजनिक भएसँगै यसलाई रुचाइएको छ ।

For More videos Log on to Mazzako TV