बियोन्सको गर्भवती फोटोमा सर्वाधिक लाइक
गायिका वियोन्सले इन्स्ट्राग्राममा आफू गर्भवती रहेको खबर सार्वजनिक गरेसँगै अहिले यसले मिडियामा उच्च स्थान पाएको छ ।
३५ बर्षकी गायिकाले आफ्नो पेटमा जुम्ल्याहा बच्चा हुर्कदै गरेको स्पष्ट पारेकी हुन् । जसले, उनका फ्यानलाई खुशी मात्र दिएको छैन, उनलाई वधाइको ओइरो नै आएको छ ।
वियोन्सको यो फोटोमा लाइकको रेकर्ड नै बनेको छ । वियोन्सको यो तस्बिरमा इन्स्ट्राग्राममा लाइक गर्नेको संख्या ६६ लाख भन्दा बढीले लाइक गरेका छन् । वियोन्सले आफ्ना शुभचिन्तकहरुलाई धन्यवाद दिएका छन् ।
For More videos Log on to Mazzako TV