यस्तो छ साहरुखको नयाँ टीभी कार्यक्रमको ढाँचा
टेलिभिजिन सिरियलबाट बलिउडमा यात्रा राखेर सुपरस्टार बनेका अभिनेता साहरुख खानलाई दर्शकले फेरि एक पटक टेलिभिजिनमा नै देख्न पाउने भएका छन् । 
‘रइस’ फिल्मको सफलताले दंग साहरुख चाडै नै एक टीभी शो होस्ट गर्दैछन् । यो टीभी शो कुनै रियालिटी शो होइन । यसपटक, उनले होस्ट गर्न लागेको टीभी शो कुराकानीमा आधारित हुनेछ । साहरुखका अनुसार, शोको नाम ‘टेड टक’ राखिएको छ ।
यो शोमा समाज परिवर्तन गरेका मानिसहरुसँग कुराकानी गरिनेछ । उनले भने-‘यो शोमा मानिसहरुले समाज र जीवन परिवर्तनको बिषयमा आफ्नो बिचार राख्नेछन् । यस्तै, शैलीमा यो कार्यक्रम तयार गरिएको छ ।’ साहरुखले एक शो छायांकन पनि गरिसकिएको बताएका छन् ।
बलिउड स्टारहरुले टेलिभिजिन शो गरेरै महंगो रकम कमाउने गरेका छन् ।
For More videos Log on to Mazzako TV







