बलिउड अभिनेता साहरुख खान अभिनित फिल्म ‘रइस’ सय करोड क्लबमा प्रवेश गरेको छ । साहरुखका यस अगाडि ‘डन २, रा वन, जव तक हे जान, चेन्नई एक्सप्रेस, ह्याप्पी न्यू इयर, दिलवाले’ फिल्मले सय करोड बढीको कारोबार गरेका थिए । अब, यो ‘रइस’सँग साहरुखको सय करोड कमाउने फिल्मको संख्या ७ पुगेको छ । kabil and raees

फिल्मले रिलिज भएको ७ दिनमा १०९ करोडको व्यापार गरेको छ । ओभरसिजमा भने यो फिल्मको व्यापार आक्रामक छ ।

जनवरी महिना बलिउडका लागि खासै सुखद मानिदैन । अहिलेसम्म जनवरीमा रिलिज भएर सवैभन्दा धेरै कमाएको फिल्म अभिनेता अक्षय कुमारको ‘एयरलिफ्ट’ हो, जसले १२० करोड माथिको व्यापार गरेको थियो । साहरुखको फिल्मले यो फिल्मको वल्र्डवाइड रेकर्ड व्रेक गरिसकेको छ भने, भारतको नेट कलेक्शन पनि केहि दिनमा तोड्नेछ ।

यता, यहि फिल्मसँग रिलिज भएको अभिनेता ऋतिक रोशन अभिनित फिल्म ‘काबिल’ बक्स अफिसमा कमजोर देखिएको छ । ७ दिनमा फिल्मको व्यापार ६० करोड नजिक पुगेको छ । ओभरसिजमा भने यो फिल्म असफल साबित भैसकेको छ ।

For More videos Log on to Mazzako TV