बलिउड अभिनेत्रीहरु अहिले आफूमाथि भएको यौन शोषण र छेडछाडको घटनालाई मिडियासामु खुलाईरहेका छन्  ।
केहि दिनयता अभिनेत्री इलियाना डिक्रुजको यस्तै एक ट्विट पनि चर्चा पाएको छ । iliyana d cuz

जब, एक यूवतीले प्रेमीसँग भएको फोन कुराकानी सार्वजनिक गरिन् र लेखिन्-‘मलाई प्रेमीले ब्ल्याकमेल गरिरहेका थिए । मसँग यो बाहेक अरु कुनै उपाय नै थिएनँ ।’

यूवतीको यो ट्विटलाई इलियानाले पनि रीट्विट गरिन् । यसपछि, उनमाथि विभिन्न ट्विटर प्रयोगकर्ताहरुले ट्रोल गर्न थाले । आखिर, उनले यस्तो किन गरिन् भन्ने प्रश्न सोझियो ?

जवाफमा इलियानाले लेखिन्-‘ममाथि पनि यस्तै छेडछाड भएको थियो । तर, सो समयमा मलाई माया गर्ने मेरा माता पिता हुनुहुन्थ्यो ।’ उनले उक्त यूवतीको पीडा आफूले संझन सक्ने बताएकी छिन् ।

For More videos Log on to Mazzako TV