बलिउड अभिनेता सलमान खानको निर्माणमा बन्न लागेको नयाँ फिल्ममा अर्का अभिनेता अक्षय कुमारले काम गर्दैैछन् । तर, यो फिल्मका कारण सलमान र अजय देवगणको सम्बन्धमा दरार आएको चर्चा पनि बलिउडमा छ ।salman and askhya

सलमान जुन कथामा अक्षय कुमारलाई लिएर फिल्म बनाउन चाहन्छन्, सोहि कथामा अजयले पनि लामो समयदेखि काम गरिरहेका छन् ।

यहि, बिषयमा मिडियासँग कुराकानी गर्दै अक्षयले आफूलाई केहि पनि थाहा नभएको बताए । उनले, यो बिषयमा कुराकानी भैरहेको र यसबिषयमा आफूले बोलेको खण्डमा आफ्नो संझौता नै रद्द हुने बताए ।

मिडिया कुराकानीमा उनले सलमान र आफ्नो मित्रताको पनि चर्चा गरेका छन् । सलमान खान आफ्नो घरमा अहिलेसम्म नआएको र आफू पनि सलमानको घर नगएको भन्दै उनले भनेका छन्-‘घर आउनु र जानु मात्र मित्रता होइन । हामी एक अर्कालाई सम्मान गर्छौ ।’

For More videos Log on to Mazzako TV