सय करोड नजिक ‘रइस’, ओभरसिजमा पनि आक्रमक
जनवरी महिना बलिउडका लागि फाप्दैन भन्ने मान्यतालाई तोड्दै बलिउड अभिनेता साहरुख खान अभिनित फिल्म ‘रइस’ले आक्रामक व्यापारलाई निरन्तरता दिएको छ ।

जनवरीमा रिलिज भएका धेरै फिल्म असफल भएका छन् । तर, साहरुखको यो फिल्म अर्का सफल कलाकार ऋतिक रोशनको फिल्म ‘काबिल’सँग जुधेको थियो । जनवरी २५ बाट रिलिज भएको यो फिल्मले आइतबारसम्ममा ९३.२४ करोडको व्यापार गरेको छ । फिल्मले सोमबार सय करोडको आँकडा छुने बलिउड पण्डितहरुको भनाई छ ।
फिल्मले जनवरी २६ मा परेको रिपब्लिक डेमा सबैभन्दा धेरै कमाउने फिल्मको रेकर्ड नै राखेको छ । दुई फिल्मको भिडन्तमा कुनै पनि फिल्मले विकेन्डमा यति धेरै कमाएको रेकर्ड पनि ‘रइस’कै नाममा गएको छ ।
ओभरसिजमा समेत करोडौ फ्यान कमाएका अभिनेता साहरुख खानको यो फिल्मले ४ दिनमा ५० करोड माथिको कमाई गरेको छ । यूएइमा मात्र यो फिल्मले बिहिबारबाट आइतबारसम्म २० करोड कमाएको छ ।
फिल्म सफल भएपछि साहरुख र उनको टिमले आज मुम्बइमा अल्कोहल रहित पार्टीको आयोजना गरेको छ ।
For More videos Log on to Mazzako TV







