साहिद र सैफसँग चुम्बन गर्दा कंगनालाई जुंगा वाधक
बलिउडमा आफ्नै दममा सफल मानिएकी अभिनेत्री कंगना रनौट अभिनित फिल्म ‘रंगुन’ प्रदर्शनका लागि तयार छ । यो फिल्ममा अभिनेत्रीले दुई अभिनेता सैफअली खान र साहिद कपुरसँग चुम्बनको दृश्य दिएकी छिन् ।
विसाल भारद्धाजले निर्देशन गरेको यो फिल्म फेव्रुअरीको अन्तिम साता रिलिज हुनेछ । कंगनाले मिडियासँग कुराकानी गर्दै साहिद र सैफको जुंगाले चुम्बनमा खुबै अप्ठ्यारो भएको बताएकी छिन् ।
उनले भनेकी छिन्-‘साहिदको जुंगा निकै बाक्लाे थियो । जसले गर्दा, उनीसँग चुम्बनको दृश्य गर्दा निकै गाह्रो भयो ।’
For More videos Log on to Mazzako TV