भन्सालीमाथि कुटपिटपछि दीपिकाले खोलिन् मुख
जयपुरमा फिल्म ‘पद्मावती’को छायांकन सेटमा आक्रमण भयो । राजपूतोको सेना संगठन करणी सेनाले सेटमा पुगेर सामान तोडफोड गरे । उनीहरुले फिल्मका निर्देशक संजयलिला भन्सालीमाथि पनि आक्रमण गरे । उनको कपाल भुत्ल्याए, अनुहारमा आक्रमण गरे । यसपछि, बलिउडमा अहिले यसको चर्को विरोध भैरहेको छ । 
जयपुरमा फिल्मको छायांकन गर्ने वातावरण नबनेपछि यसको यूनिट मुम्बई फर्किसकेको छ । फिल्म ‘पद्मावती’मा अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोणविच अन्तरंग दृश्य खिचिएको, जसले गर्दा यसको इतिहासमाथि नै छेडछाड गरिएको भन्दै करणी सेनाले आक्रमण गरेको थियो ।
सिंगो बलिउड नै संजयको पक्षमा उभिरहँदा अभिनेत्री दीपिका पादुकोणले पनि यस बिषयमा मुख खोलेकी छिन् । उनले भनेकी छिन्-‘जयपुरमा संजयलिला भन्सालीमाथि जे भयो, त्यसले मलाई बहुतै धक्का लागेको छ । म भरोसा दिलाउँछु कि, फिल्ममा इतिहाससँग जोडिएको तथ्यलाई बङ्ग्याइएको छैन ।’ एक बलवान यूवतीको कथा फिल्ममा देखाउन लागिएको उनले बताएकी छिन् ।
For More videos Log on to Mazzako TV







