जनवरी महिना बलिउडका लागि खासै सुखद हुँदैन । जनवरीमा रिलिज भएका धेरै फिल्म असफल भएका उदाहरण पनि छन् । तर, अब विस्तारै यो सोच फेरिन थालेको छ । srk raees

वुधबारबाट रिलिज भएको अभिनेता साहरुख खान र ऋतिक रोशनको फिल्मको व्यापारले यसलाई गलत सावित गरिदिएको छ ।

वुधबार बिदाको दिन होइन । तर, पनि साहरुखको फिल्मले पहिलो दिन २०.४२ करोडको व्यापार गर्‍यो । बिहिबार बिदाको दिन व्यापार झनै बढेको छ । बिहिबार फिल्मले २६.३० करोडको व्यापार गरेको छ । दुइ दिनमा फिल्मको व्यापार ४६.७२ करोड पुगेको छ । २ फिल्म जुध्दा अहिलेसम्म कसैले पनि २६ करोड माथिको व्यापार गरेको रेकर्ड बलिउडमा छैन ।

यस्तै, अभिनेता ऋतिक रोशन अभिनित फिल्म ‘काबिल’ले पहिलो दिन १०.४३ करोडको व्यापार गर्‍यो । बिहिबार बिदाको दिन फिल्मले १८.६७ करोडको व्यापार गरेको आँकडा यसका निर्माता राकेशन रोशनले देखाएका छन् ।

दुई दिनमा फिल्मले २९ करोडको व्यापार गरेको छ । हुनत, निर्माताको फिगर भन्दा केहि फरक फिगर बलिउडका मिडियामा देखिएको छ । ‘कृष ३’मा समेत व्यापार बढाएर राकेश रोशनको चर्को आलोचना भएको थियो । बक्स अफिस इन्डियाका अनुसार यो फिल्मले पहिलो दिन ८ र दोश्रो दिन १६ करोडको व्यापार गरेको उल्लेख छ ।

For More videos Log on to Mazzako TV