कस्तो रह्यो दीपिकाको हलिउड यात्रा ?
अभिनेत्री दीपिका पादुकोण अभिनित पहिलो फिल्म ‘द रिटर्न अफ जेन्डर केज’ इन्डियामा रिलिज भयो । इन्डियामा फिल्मको व्यापार खासै चमत्कारिक हुन सकेन ।
यसपछि, दीपिका यसका अभिनेता वीन डिजलसँग फिल्म प्रमोट गर्न अमेरिका पुगिन् । अमेरिकामा पनि फिल्मको व्यापार त्यस्तो सुखद नभएको फिल्म पण्डितहरु बताउँछन् ।
उनै दीपिका फिल्मको प्रमोशन र प्रदर्शन सकेर मुम्बइ फर्किएकी छिन् । उनी मुम्बई एयरपोर्टमा मुस्कानसहित देखिइन् । यतिमात्र होइन, उनी कालो पहिरनमा आकर्षक देखिएकी थिइन् ।
पापाराजीहरुको क्यामेरामा कैद भएपनि दीपिकाले केहि पनि बोलिनन् । दीपिका यतिबेला संजयलिला भन्सालीको फिल्म ‘पद्यमावाती’मा व्यस्त छिन् ।
For More videos Log on to Mazzako TV