म कुनै भूमिकाका लागि तयारी गर्दिनं : अक्षय कुमार
बलिउड अभिनेता अक्षय कुमारको करिअर अहिले पीकमा छ । अक्षयले खेलेका सबै फिल्मको व्यापार सय करोड भन्दा माथि पुगिरहेका छन् ।

उनै अक्षय कुमारका पछिल्ला फिल्म देशप्रेममा केन्द्रित छन् । अक्षय भने आफूले आफूलाई कुनै पनि भूमिकाका लागि तयार नगर्ने बताउँछन् ।
मिडियासँगको कुराकानीमा अक्षयले भनेका छन्-‘म कुनै पनि भूमिकाका लागि आफूलाई तयार गर्दिनँ । यो सबै निर्देशकले मेरा लागि तयार गर्ने हुन् ।’
निर्देशकले भूमिका अफर गरेपछि काम गर्ने उनको भनाई छ । अक्षय अहिलेका महंगा अभिनेता समेत हुन् । उनले ‘जोली एलएलबी २’ चाडै नै रिलिजको तयारीमा छ ।
For More videos Log on to Mazzako TV







