जैकी चढेको साइकललाई १० लाख
हलिउड अभिनेता जैकी चैन अभिनेता सोनु सुदको साथमा ‘द कपिल शर्मा शो’मा पुगे । यो शोमा उनले धमकेदार इन्ट्री पनि लिएका थिए । उनले साइकलमा इन्ट्री लिएका थिए ।

जैकी र सोनुले शोमा इन्ट्री लिएको साइकल सामान्य थियो । तर, यहि साइकल १० लाखमा विक्री भएको छ । सोपछि कपिलले च्यारेटीका लागि भन्दै यो साइकल लिलामीमा राखेका थिए ।
लिलामीमा राखिएको साइकले शो हेर्न पुगेका शेख फाजिलले किनेका छन् । उनले यो साइकलका लागि १० लाख तिर्ने बताएका छन् । ‘कुंग फू योगा’ नामक फिल्म प्रमोशनका लागि ज्याकी र सोनु कपिलको शोमा पुगेका हुन् । यो फिल्म फ्रेवुअरी ४ तारिखमा भारतमा रिलिज हुँदैछ ।
For More videos Log on to Mazzako TV







