बुधबारदेखि रिलिज हुन लागेको अभिनेता साहरुख खान अभिनित फिल्म ‘रइस’ चर्चामा छ । यो फिल्मको गीत, ट्रेलर, प्रचार शैलीका कारण पनि यसले उचाई पाएको हो । mahira and srk

साथमा साहरुख र पाकिस्तानी अभिनेत्री माहिरा खानविचको रोमान्सले पनि खुबै हाइप बनेको छ । अभिनेता साहरुख खानसँग फिल्म प्रचारमा हिड्न नपाएपनि माहिरा उनीसँगको रमाइलो पल विर्सन चाहन्नन् । माहिराले पाकिस्तानी मिडियासँग सुटिङको समयमा साहरुखसँगका पलहरु सुनाएकी छिन् ।

साहरुख छायांकनको समयमा सधै नै रमाइलो गर्न रुचाउने उनको वुझाई छ । साथमा, छायांकन पुग्दा साहरुख पुस्तकको कुरा गर्थे भने फिल्म पनि हेर्थे । माहिरा साहरुखको ठूलो फ्यान पनि हुन् ।

आफ्नी आमालाई आफूले साहरुखसँग काम गर्न लागेको खबर सुनाउँदा आमा रोएको समेत माहिराले सुनाएकी छिन् ।

For More videos Log on to Mazzako TV