पार्टनरसँग प्रियंकाको फोन सेक्स
कन्ट्रोभर्सीको लागि यदि बलिउडमा कुनै शो हिट छ भने त्यो, कफि विथ करण नै हो । निर्माता तथा निर्देशक करण जोहरले संचालन गर्ने यो शोमा पुग्ने कलाकार जसरि पनि स्क्यान्डलमा फस्ने गर्छन् । अब, हलिउडमा समेत नाम चम्काएकी अभिनेत्री प्रियंका चोपडा पनि कन्ट्रोभर्सीको शिकार भएकी छिन् ।
शोको र्यापिड फायर राउन्डमा करणले, चोपडालाई जवाफ दिनका लागि टकिला गिलासमा कफि दिएका थिए । प्रश्नको जवाफ हो मा दिनका लागि उनले कफि पिउनु पर्ने थियो ।
करणले सोधे-‘के तपाइले आफ्नो प्रेमीसँग फोन सेक्स गर्नु भएको छ ? यसको जवाफ दिन उनले कफि पिइन् । यस्तै, तपाई बाथरुममा आफ्नो प्रेमीसँग एकसाथ नुहाउनु भएको छ ? यसमा पनि उनले कफि पिइन् । ब्रेकअपछि पनि के तपाई पूर्व प्रेमीसँग डिनर डेटमा जानु भएको छ भन्ने प्रश्नमा पनि उनले कफि पिइन् । यसरि, अभिनेत्री चोपडा पनि समाचारमा छाएकी छिन् ।
For More videos Log on to Mazzako TV