मुम्बइदेखि दिल्लीसम्म साहरुखले ट्रेन यात्रा गर्ने
२५ बर्ष अगाडि दिल्लीबाट अभिनेता साहरुख खान मुम्बइसम्म ट्रेनमा आएका थिए । गोजीमा थोरै पैसा बोकेर मुम्बई पसेका साहरुख आज विश्वकै धनी कलाकारको सूचीमा पर्छन् ।
बलिउडमा प्रवेश गरेपछि साहरुखको यात्रा हवाइजहाजबाट हुन्छ, त्यो पनि चार्टर । अब, उनै अभिनेता मुम्बइबाट दिल्लीसम्म ट्रेनको यात्रा गर्ने तयारीमा छन् । जनवरी २३ अर्थात सोमबार बेलुकी साढे ३ बजे उनी मुम्बइबाट दिल्लीका लागि ट्रेनमा निस्कनेछन् ।
उनको साथमा फिल्म ‘रइस’का निर्देशक राहुल ढोलायिका र निर्माण टिम पनि हुनेछ । जनवरी २५ मा रिलिज हुन लागेको फिल्म ‘रइस’मा साहरुखको ट्रेन यात्रा समावेश छ । यहि, फिल्मको प्रचारका लागि साहरुखले यो शैली अपनाएका हुन् । उनी ट्रेनमा यात्रा गर्ने पहिलो खान अभिनेता हुन् ।
For More videos Log on to Mazzako TV