करिनाको हाई डिमाण्डले तर्सिएका थिए करण
बलिउड अभिनेत्री करिना कपुर र निर्देशक तथा निर्माता करण जोहरविच १ बर्ष बोलचाल नै भएन । यी दुइविच बोलचाल नहुनुको मुख्यकारण थियो, पारिश्रमिकको लफडा । फिल्म ‘कल हो ना हो’को समयमा करण करिनालाई फिल्ममा लिन चाहन्थे । फिल्मका मुख्य कलाकार थिए साहरुख खान ।
साहरुख खान र करिनालाई लिएर फिल्म निर्माण गर्ने करणको योजना पुरा हुन सकेन । मुख्यकारण थियो, करिनाको डिमाण्ड । करिनाले फिल्मका लागि साहरुख खान बराबरको पारिश्रमिक मागिदिइन् ।
करिनाको यो डिमाण्डपछि करण उनीसँग रिसाए र अभिनेत्री प्रिती जिन्टालाई लिएर फिल्म बनाए । करणले आफ्नो सार्वजनिक पुस्तकमा यो कुरा उल्लेख गरेका छन् ।
For More videos Log on to Mazzako TV