प्रियंकाको दिवाना भए सिद्धार्थ
बलिउड अभिनेता सिद्धार्थ मल्होत्राको भलै अहिले प्रेम आलिया भट्टसँग चलिरहेको छ । तर, उनी हलिउडमा समेत पुगिसकेकी अभिनेत्री प्रियंका चोपाडको दिवाना भएका छन् । सिद्धार्थलाई चोपडाको स्टाइल र काम गर्ने शैलीले दिवाना बनाएको हो ।

उनले संझदै भने-‘हामी एक विज्ञापनमा काम गर्दै थियौ । म सेटमा पुग्दा प्रियंका टिमसँग खुबै रमाइलोसँग कुरा गर्दै थिइन् । उनी हलिउडमा व्यस्त थिइन्, तर पनि दुबैतिर राम्रोसँग सम्हालिरहेकी थिइन् ।’
आफूलाई उनको यो शैलीले आकषिर्त गरेको सिद्धार्थले बताएका छन् । सिद्धार्थ र प्रियंकाले आजसम्म एकसाथ काम त गरेका छैनन् । तर, अब बलिउडमा हिट हुन सिद्धार्थले प्रियंकाको साथ खोजेको देखिएको छ ।
For More videos Log on to Mazzako TV







