‘वाघी २’मा आर्मी बन्दै टाइगर
अभिनेता टाइगर श्राफ आफ्नो नयाँ फिल्म ‘बाघी २’को तयारीमा जुटिसकेका छन् । गतबर्षको सफल फिल्मले राम्रै कमाई गरेपछि यसका निर्माता साजिद नाडियाडवाला ‘बाघी २’को तयारीमा लागेका हुन् । यसका लागि टाइगरले ट्रेनिङ सुरु गरिसकेका छन् ।

टाइगर अब चाडै नै चिन पुगेर द्धन्द्ध सिक्दैछन् । उनलाई चीनका चर्चित द्धन्द्ध निर्देशक टोनी चिङ्ले ट्रेनिङ दिदैछन् ।
हालैमात्र, टाइगर र निर्माता नाडियडवालाले टोनीलाई भेटेका छन् । यो फिल्ममा पनि टाइगरेको ‘बाघी’को भन्दा उत्कृष्ट द्धन्द्ध हेर्न सकिनेछ ।








