साहरुखको प्रशंसा गर्दै राकेश रोशन
अभिनेता साहरुख खानको अभिनय तथा निर्माणमा बनेको फिल्म ‘रइस’ जनवरी २५ बाट रिलिज हुँदैछ । यहि, मितिमा अभिनेता ऋतिक रोशनको अभिनय रहेको फिल्म ‘काबिल’ पनि रिलिज हुँदैछ । 
यी दुई फिल्मको जुधाइले यतिबेला बलिउड बजार तातेको छ । दुई निर्माण टिमविच फोहरी खेल सुरु भएको पनि समाचार आइरहेका छन् । तर, फिल्म ‘काविल’का निर्माता राकेश रोशनले भने साहरुखको लुक्सको प्रशंसा गरेका छन् । उनले आफूले ‘रइस’को गीत, ट्रेलर सबै हेरेको भन्दै उनको लुक निकै आकर्षक भएको बताए ।
उनले २ फिल्मको भिडन्त हुँदा दुबैलाई घाटा लाग्ने समेत सुनाए । राकेशका अनुसार २ फिल्मको व्यापार ३ सय करोडको आसपासमा हुनेछ । तर, सिंगल आएको भए दुबै फिल्मले ३ सय करोड कमाउने राकेशको दाबी छ ।
For More videos Log on to Mazzako TV







