सलमान केस मुक्त
बलिउड अभिनेता सलमान खान कालो हरिण मारेको आरोपमा लामो समयदेखि मुद्दा लडिरहेका थिए । विगत १८ बर्षदेखि सलमानले यो मुद्दा लडिरहेका थिए । सन् १९९८ मा फिल्म ‘हम साथ साथ हे’को छायांकनका क्रममा सलमान र उनका ३ जना साथीले जोधपुरमा कालो हरिणको शिकार गरेको आरोप उनीहरुलाई लागेको थियो ।

यो मुद्दाको आज जोधपुर अदालतले फैसाल सुनाएको छ । सलमानलाई यो केसबाट मुक्त गरिएको छ । सलमान फैसलाको समयमा अदालतमा उपस्थित थिए ।
उनी बहिनी अलविराको साथमा अदालत पुगेका थिए । केसबाट मुक्त भएपछि सलमानले सबैलाई धन्यवाद दिएका छन् । यो केसमा दोषी ठहरिएको भए सलमानलाई २ देखि ७ बर्षसम्मको जेल सजायँ हुन सक्थ्यो ।
For More videos Log on to Mazzako TV







