अभिषेकले जाडोमा उभिएर ऐश्वर्यालाई प्रेम प्रस्ताव राखेका थिए
अभिनेता अभिषेक बच्चन र अभिनेत्री ऐश्वर्या रायविच बिहे भएको १० बर्ष भएको छ । सन् २००७ को अप्रपलमा यी दुइले बिहे गरेका थिए । ऐश्वर्या र अभिषेकको करिअर अहिले खासै गतिलो चलेको छैन । तर, यी दुइको वैवाहिक जीवन भने सुमधुर चलेको छ ।
उनै अभिषेकले ऐश्वर्यालाई आफूले कसरि प्रस्ताव राखेको थिए भन्ने खुलाएका छन् । अभिषेकले भारतीय मिडियासँग भनेका छन्-‘१० बर्ष पहिले न्यूयोर्कको जाडोमा मैले बालकोनीमा उभिएर ऐश्वर्यालाई मसँग बिहे गर्छौ भनेर प्रस्ताव राखेको थिएँ । उनले गर्छु भन्न एक सेकेन्ड पनि सोचिनन् ।’
फिल्म ‘गुरु’को छायांकनका क्रममा अभिषेक र ऐश्वर्याको प्रेम भएको थियो ।
For More videos Log on to Mazzako TV