बक्स अफिसमा पूर्ण असफल श्रद्धा र आदित्य
अभिनेता आदित्य राय कपुरलाई एकपछि अर्को असफल फिल्मले तनाव दिएको छ । उनले अभिनय गरेका ‘फितुर, दावद एक इश्क’ नामक फिल्म यसअगाडि नै असफल भैसकेका छन् । उनी सोलो अभिनेता भएको फिल्म असफल भएपछि उनको करिअर नै संकटमा देखा परेको छ ।

उनी अभिनित अर्को फिल्म पनि असफल हुने बाटोमा लागेको छ । शुक्रबारबाट रिलिज भएको फिल्म ‘ओक जानु’ले बक्स अफिसमा निकै कमजोर व्यापार गर्यो । ४ दिनमा फिल्मले जम्मा १५ करोड कमाएको छ । सोमबार त फिल्मको व्यापार १.९५ करोडको व्यापार गर्यो ।
बलिउडमा अभिनेत्री श्रद्धा कपुरको पनि फिल्म सफल हुन छाडेका छन् । ‘रक अन २’को कमजोर व्यापारले रन्थनिएकी श्रद्धालाई ‘ओके जानु’ले पनि राहत दिएन ।
For More videos Log on to Mazzako TV







