बलिउड अभिनेता साहरुख खानले आफ्ना २ छोरा आर्यन र अव्राहमलाई एक बिषयमा धम्की दिएका छन् । साहरुखले एक म्यागेजिनलाई दिएको अन्र्तवार्तामा महिलाको इज्जत गर्न आग्रह गरेका छन् । srk royal family

भारतको बैंगलोरमा एक यूवतीमाथि भएको दुव्र्यवहारमा साहरुख बोलेका हुन् । उनले भनेका छन्-‘मैले मेरा दुई छोरालाई भनेको छु कि, महिलाहरुको इज्जत गर । यदि, यसौ गरेनौ भने म गर्धन काटिदिन्छु ।’

उनले समय नबदलिएको बताए । कुनै पनि यूवती कसैको खेलौना हुन नसक्ने उनको भनाई छ । आफूले छोराहरुलाई यूवतीको इज्जत गर्न भनेको साहरुखले बताएका छन् ।

बलिउडमा साहरुख यूवतीहरुको मामलामा निकै चर्चित छन् । अधिकांश अभिनेत्रीहरु साहरुखसँग रहँदा आफूहरुले सुरक्षित महशुश गर्ने बताउँछन् ।

For More videos Log on to Mazzako TV