बक्स अफिसमा कमजोर श्रद्धा र आदित्यको ‘ओके जानु’
शुक्रबारदेखि रिलिज भएको प्रतिक्षित फिल्म ‘ओके जानु’ बक्स अफिसमा कमजोर देखिएको छ । फिल्म ‘आशिकी २’बाट उदाएको जोडी आदित्य राय कपुर र श्रद्धा कपुरको प्रेम कथालाई यो फिल्ममा देखाइएको छ ।
तर, पनि ‘ओके जानु’ले गतिलो सुरुवात गरेन । शुक्रबार यो फिल्मले ४.०८ करोडको व्यापार गरेको थियो । सिद्धार्थ र श्रद्धा जस्ता कलाकारको फिल्मको यो ओपनिङ कमजोर हो ।
शनिबार फिल्मले ४.९० करोडको व्यापार गरेको छ । दुइ दिनमा फिल्मको व्यापार ९ करोड पनि पुगेन । आज बिदाको दिन भएकाले व्यापार केहि बढ्नेछ । फिल्मले विकेन्ड कलेक्शनमा १५ करोड आसपासको व्यापार गर्ने अपेक्षा गरिएको छ ।
‘रक अन २’ पछि ‘ओके जानु’ पनि बक्स अफिसमा असफल हुने देखिएपछि अभिनेत्री श्रद्धा कपुरको करिअर नै संकटमा देखिएको छ ।
For More videos Log on to Mazzako TV