अवार्ड शोमा सहभागी नभएपनि अभिनेता आमिर खानले बलिउडको सवैभन्दा प्रतिष्ठित ‘फिल्मफेयर अवार्ड’ जितेका छन् । शनिबार राती आयोजना भएको अवार्ड शोमा, उनी अभिनित फिल्म ‘दंगल’ उत्कृष्ट फिल्म बन्न सक्यो भने यसका निर्देशक नितेश तिवारी उत्कृष्ट निर्देशक बने । आमिरले अवार्ड शो बहिष्कार गर्दै आएका छन् । तर, पनि उनलाई अवार्ड दिइएको छ । alia bhatta hot

अभिनेता साहरुख खान, निर्देशक करण जोहर र कमेडियन कपिल शर्माले यो शो संचालन गरेका थिए । यो फिल्मफेयरको ६२ औ श्रृङ्खला हो ।

अभिनेत्री आलिया भट्टले फिल्म ‘उड्ता पञ्जाब’बाट उत्कृष्ट अभिनेत्रीको अवार्ड जितिन् । अभिनेत्री सोनम कपुरलाई क्रिटिक्स अवार्ड दिइएको छ । उनी अभिनित फिल्म ‘निरजा’ले पनि क्रिटिक्स अवार्ड जितेको छ ।

For More videos Log on to Mazzako TV