नमज्जाको खबर : चर्चित र्यापर यमबुद्धको निधन
चर्चित र्यापर ‘यम बुद्ध’ को लन्डनमा निधन भएको छ। २९ बर्षीय र्यापर यम बुद्ध शनिबार आफ्नो बाथरुममा मृत भेटिएका हुन्। केही समयदेखि आफ्नी पत्नी सहित लन्डनमा बस्दै आएका यम बुद्धको बास्तविक नाम अनिल अधिकारी भएपनि उनलाई सबैले ‘यम बुद्ध’ को नामबाट चिन्दथे ।
बीबीसी नेपाली सेवाका भगिरथ योगीसँग परिवारका सदस्यले मृत्युको पुष्टी गरेका हुन् । उनले आत्महत्या गरेको परिवारिक स्रोतले बताएको पनि बिबिसीले उल्लेख गरेको छ । उत्तर लण्डनस्थित निवासमा उनले आत्महत्या गरेको बताईएको छ । साथै, यतिबेला उनको शवलाई पोष्टमार्टमका लागि नर्थवीक पार्क हस्पिटल ह्यारोमा राखिएको छ।
यदपी, मृत्युको कारण भने पोष्टमार्टम पछि मात्र भन्न सकिने उनका नातेदार रेश मरहठ्ठाले बताएका छन् ।
‘आमा’, ‘साथी’ जस्ता चर्चित गीत यम बुद्धको आवाजमा बजारमा आएका थिए। उनी पछिल्लो समय नयाँ एल्बम ‘खतरा’ लिएर बजारमा आउने तयारीमा थिए ।
For More videos Log on to Mazzako TV