काजोलले मेरो इमोशनलाई खत्तम गरिनः करण
बलिउडका चर्चित निर्माता तथा निर्देशक करण जोहर र अभिनेत्री काजोलको सम्बन्ध पूर्ण रुपमा सकिएको छ । काजोल र करणविच सम्बन्धमा दरार आएको खबर सार्वजनिक भैरहेका थिए । 
अब, करण आफैले काजोलसँग आफ्नो सम्बन्ध सकिएको बताएका छन् । आफ्नो बायोग्राफी पुस्तक ‘एन अनस्विटेबल बोई’मा उनले काजोलसँग सम्बन्ध सकिएको बताएका छन् ।
उनले २५ साल पुरानो आफूहरुको सम्बन्ध काजोलले नै सकेको खुलाएका हुन् । फिल्म ‘ए दिल हे मुश्किल’ र ‘शिवाय’को भिडन्तको समयमा करणमाथि अजयको इमेज खराब गर्न समिक्षकलाई पैसा दिएको आरोप लागेको थियो ।
सो समयमा आफूलाई थुप्रै आरोप लागेपनि खासै दुःख नलागेको भन्दै उनले काजोलले ट्विटरमा ‘सक्ड’ लेखेपछि आफूले सम्बन्ध सकिएको वझुेको करणले बताएका छन् । काजोलले आफ्नो इमोशनलाई खत्तम गरेको करणको भनाई छ ।
For More videos Log on to Mazzako TV







