अभिनेता साहिद कपुर र अभिनेत्री कंगना रनावत फिल्म ‘रंगुन’मा एकसाथ देखिदैछन् । यो फिल्मको ट्रेलर पनि सार्वजनिक भैसकेको छ । sahid and kangana issue

तर, अभिनेता साहिद कपुर र अभिनेत्री कंगना रनावतविच सम्बन्ध नराम्रो भएको खबर सार्वजनिक भैरहेको छ । साहिदले कंगना पनि सहभागी भएको खण्डमा फिल्मको प्रमोशन नै नगर्ने बताएको जस्ता खबर पनि सार्वजनिक भैरहेका छन् । तर, अभिनेता साहिद कपुरले भने अभिनेत्री कंगना रनावतसँग आफ्नो सम्बन्ध विग्रिएको खबरलाई झुटो भनेका छन् ।

उनले कंगना र सैफअली खानको पनि यो फिल्ममा अहंम भूमिका रहेको भन्दै उनीहरुसँग फिल्म प्रमोशन गर्न आफूलाई कुनै आपत्ती नभएको बताएका छन् । उनले भने-‘मैले पनि कंगना र मविच सम्बन्ध नराम्रो रहेको खबर सुनेको छु । तर, यो गलत हो । हामीविच कुनै झगडा छैन ।’

For More videos Log on to Mazzako TV