डब्बुको क्यालेन्डरमा कुन अभिनेत्री बोल्ड ?
बलिउड फोटोग्राफर डब्बु रतानीले सन् २०१७ को क्यालेन्डर वुधबार सार्वजनिक गरेका छन् । उनको क्यालेन्डर सार्वजनिक कार्यक्रममा अभिनेता साहरुख खानदेखि अभिनेत्री सन्नी लियोनसम्म पुगेका थिए ।

डब्बुको क्यालेन्डरले हरेक बर्ष चर्चा पाउँछ । बलिउडका सुपरस्टारहरुलाई भिन्न भिन्न अवतारमा प्रस्तुत गरेर डब्बुले क्यालेन्डर तयार पार्छन् ।
यो बर्ष उनको क्यालेन्डरमा २४ जना बलिउड हस्तीहरुको तस्बिर समावेश गरिएको छ । जसमा, अभिनेता साहरुख खान, अमिताभ बच्चनदेखि अभिनेत्रीहरु सन्नी लियोनी, विद्या बालन, आलिया भट्टसम्म छन् । डब्बुको यो बर्षको क्यालेन्डरमा सन्नी, विद्या, आलिया, दिसा पटानी बोल्ड बनेका छन् ।
For More videos Log on to Mazzako TV







