‘लभ साशा’ मा केमियो गरेका बुद्धिसागर भन्छन्, ‘मेरो पहिलो र अन्तिम फिल्म’ (मज्जाको भिडियो सहित)
फिल्म ‘लभ साशा’ मा साहित्यकार बुद्धिसागर केमियो रोलमा देखिएका छन् । पछिल्लो कृति ‘फिरफिरे’ का लेखकसँगै निर्देशक निश्चल बस्नेत, नायिका ऋच शर्मा, बर्षा राउत, स्वस्तिमा खड्का, नायक संजोग कोइराला लगायतले ‘लभ साशा’ मा केमियो गरेका छन् । सबै केमियो कलाकारहरु मंगलबारको प्रिमियर शोमा सहभागी भएका थिए । फिल्म हेरेपछि उनीहरुले दिएको प्रतिक्रिया यस्तो छ :
‘रमाईलो लाग्यो । आफ्नो भएर अलिक अप्ठ्यारो चाहिं लाग्दो रहेछ’ ‘लभ साशा’ र आफ्नो रोल बारे बुद्धिसागरले मज्जाको टिभीसँग भने, ‘पर्दामा आफुलाई नहेरेको भएर होला अप्ठ्यारो लाग्दो रहेछ ।’ अब पनि फेरी फिल्म खेल्नु हुन्छ ? ‘खेल्दिंन । मेरो पहिलो र अन्तिम नै यही फिल्म हो ।’ प्रचण्डमान श्रेष्ठ निर्देशित फिल्म ‘लभ साशा’ मा कर्म र केकी अधिकारीको मुख्य भूमिका रहेको छ । फिल्मलाई माधव वाग्लेले निर्माण गरेका हुन् ।
For More videos Log on to Mazzako TV